Rule 13
हुलाक प्रतिनिधिको काम, कर्तव्य

हुलाक प्रतिनिधिको काम कर्तव्य देहायबमोजिम हुनेछः
(क) सरकारी कागजपत्र (का.स.) रजिष्टरी र आन्तरिक पुलिन्दा दर्तागर्ने,
तर आन्तरिक पुलिन्दा दर्तागर्ने व्यवस्था गर्न क्षेत्रीय हुलाक निर्देशकको पूर्वस्वीकृति लिनु पर्नेछ ।
(ख) हुलाक वस्तुहरू डेलिभरी दिने,
(ग) अतिरिक्त हुलाकमा काम गर्ने कर्मचारीको हाजिरी रेकर्ड राख्ने,
(घ) हप्ताको दुई पटकमा नघटाई अतिरिक्त हुलाक र सम्बन्धित सरकारी हुलाकको बीच डा“क आदान प्रदान गर्ने,
(ङ) वितरकहरूलाई क्षेत्र (विट) तोक्ने,
(च) हुलाक टिकट, अन्य मूल्याङ्कित हुलाक कागजात, मसलन्द तथा अन्य आम्दानी खर्चको लगत राख्ने,
(छ) हुलाक वस्तुको सम्बन्धमा सोधनीको जवाफ दिने,
(ज) हुलाक सेवा विभागले समय समयमा तोकिदिएको ढाँचामा अन्य तथ्याङ्क पेश गर्ने,
(झ) हुलाक  सेवा विभाग र क्षेत्रीय हुलाक निर्देशनालयले तोके बमोजिमका अन्य काम गर्ने ।